ताजा अपडेट »

पाल्पादेखि बुटवल आउँदै गरेको कार चर्चरेमा सडकबाट खस्यो

शनिबार, २७ जेठ २०८०, १८ : १७
4 Shares
शनिबार, २७ जेठ २०८०
4 Shares

बुटवल । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ–५ मा शनिबार दिउँसो दुर्घटना भएको छ । दुर्घटनामा परी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भारतीय नम्बर प्लेटको यूपी ४२ बीएम १९७३ नम्बरको कार सडकबाट अन्दाजी सय मिटर तल खसेको हो । दुर्घटनामा परी भारत देश उत्तर प्रदेश अयोद्या बस्ने ३६ वर्षीय विनोद वर्मा र ४२ वर्षीय ऋषिकेश सिंह रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।