६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति, रुपन्देही आन्दोलनमा उत्रिएको छ । विभिन्न माग राख्दै विद्यालय कर्मचारीले शुक्रबार भैरहवास्थित शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिएका छन् । नीति तथा कार्यक्रममा उल्लेख भएर पनि बजेटमा नसमेटिएको भन्दै गत जेठ २१ देखि धर्नामा रहेका विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा शिक्षकहरुले पनि ऐक्वद्धता जनाएका छन् ।

Advertisement

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको निर्देशनअनुसार ६ दिनसम्म शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा धर्ना दिइएको परिषद्का रुपन्देही जिल्ला अध्यक्ष होम प्रसाद ढकालले बताए । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री डा। प्रकाशशरण महतद्वारा प्रस्तुत गरिएको बजेटमा नसमेटिएको र विगतमा भएका सम्झौताहरु कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिएको विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश सदस्य जीवन ज्ञवालीले बताए । ‘विगतमा भएका सम्झौताहरुप्रति सरकार जिम्मेवार नबनेकाले दबाबका लागि आन्दोलन सुरु गरिएको हो, विद्यालय कर्मचारीका मागहरु सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।

शुक्रबार धर्ना कार्यक्रममा बोल्ने शिक्षक संगठनका अगुवा तथा विद्यालय कर्मचारीहरुले सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता कार्यान्वयन नभएकोले विद्यालय कर्मचारी आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।। उनीहरुले विद्यालय कर्मचारीका माग सम्बोधनका लागि सरकारले चासो दिनुपर्ने माग गरे ।

कार्यक्रममा विद्यालय कर्मचारी परिषदका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार डोलराज शर्मा, शिक्षक महासंघका केन्द्रीय सदस्य गंगा प्रसाद नेपाल, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष भिम पाण्डेय, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष गुणाखर भट्टराई, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराम भण्डारी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष धनिश्वर गौतम, एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश सचिव मुबारक अली, बाल शिक्षक रोहिणी गाउँपालिका अध्यक्ष मीना पछाई, विद्यालय कर्मचारी तिलोत्तमा अध्यक्ष नरेन्द्र गुरुङलगायतले बोल्दै विद्यालय कर्मचारीले न्यूनतम सेवासुविधामा काम गरिरहेकाले सरकारले कर्मचारीका माग सम्बोधन गर्नुपर्ने बताए । सरकारले विद्यालय कर्मचारीको सेवासुविधा वृद्धि गर्नुपर्नेलगायत उनीहरुको माग छ ।

नेपाल विद्यालय कर्मचारी परिषद् रुपन्देहीका अध्यक्ष होम प्रसाद ढकालको अध्यक्षता, पूर्व केन्द्रीय अध्यक्ष डोलराज शर्माको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिका अध्यक्ष धनराज चौधरीको स्वागत तथा जिल्ला सचिव सुरेन्द्र गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मुलुकभरी ३५ हजार ६८ र रुपन्देहीमा करिब ५ सय बढी विद्यालय कर्मचारी कार्यरत छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता