६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती “वसन्त” ले एक औपचारिक कार्यक्रममा भाषण गर्न नपाएपछि रिसले चूर बनेका छन् । उनले उक्त असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमै सार्वजनिक गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुटवलको लुम्बिनी केवलकार सञ्चालनको औपचारिक उद्घाटनका लागि सहभागी कार्यक्रममा भाषण गर्ने मौका नपाएपछि सभामुख घर्ती असन्तुष्ट भएका हुन् ।

आइएमई ग्रुपको लगानीमा बुटवल-बसन्तपुर केवलकार उद्घाटन समारोहमा अतिथी भनेर बोलाइएका सभामुख घर्तीले भाषण गर्ने अवस नपाएका हुन् । सो बारे असन्तुष्टी व्यक्त गर्दै सामाजिक सञ्जालमा दलाल पूँजीवादको पनि दलालका कार्यक्रममा आफू अपमानित हुनु परेको बताएका छन् । “पराइकाे प्रगति र सम्मान चाहने हरेक मानवले सँधै पराइबाटै धाेका र अपमान व्यहाेरिरहनु पर्छ भन्ने सच्चाईलाई बुझ्दाबुझ्दै पनि सचेतता पुर्वक धाेका व्यहाेर्नु पर्ने र अपमान सहनु पर्ने हुन्छ, जुन हिजाे दलाल पूँजीवादका पनि दलालहरुकाे कार्यक्रममा भयाे । हामी ईमान्दार र स्वाभिमानी मान्छेहरुले यश तिताे सत्यलाई पचाउन‌ पर्छ । ईतिहासमा म‌ैले नयाँ पाठ सिक्ने अवसर पाइयाे मेरै वसन्तपुरमा अर्कैबाट  !!!”- सामाजिक सञ्जाल फेसबुकमा घर्तीले लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले केवलकारको बटम स्टेसन बुटवलको बमघाटमा रिबन काटेर केवलकार चढेर टप स्टेसन पाल्पाको बसन्तपुर पुगेका थिए । त्यहाँ आयोजितक कार्यक्रममा नेपाल तथा भारतका अतिथीहरुलाई समेत बोल्न अवसर दिइएको भएपनि सभामुखले बोल्ने पालो पाएनन् । उद्घाटन समारोहमा लुम्बिनी केवलकारका अध्यक्ष चन्द्र ढकालले आयोजना बारे जानकारी दिए लगत्तै तिनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठ, बुटवल उपमहानगरका मेयर खेलराज पाण्डे, प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली नारायणचौधरी, भारत उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री जगदम्बिका पाल तथा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मन्तव्यका लागि समय दिइएको थियो । पालो कुर्दा कुर्दै प्रमुख अतिथी  बनेका प्रधानमन्त्री प्रचण्डले भाषण गरेर कार्यक्रम सकिएपछि लुम्बिनी प्रदेशका सभामुख घर्ती असन्तुष्ट बन्न पुगेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ