ताजा अपडेट »

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबार, २४ जेठ २०८०, ११ : ०९
2 Shares

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङकाे बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् ।

बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई  ठक्कर दिएको थियो । घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।