Sep 22, 2023
परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमति निर्मला भेडिहार मृत अबस्थामा फेला परेका छन। भेडिहार दम्पतीको सोमबार राति धारिलो हतियार प्रयोग गरि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरीएको र तेसै कारणले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले बताएका छन् ।मृतकहरुको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।
सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्