५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023


बुटवल ।स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
सञ्चारिका समूह नेपाल रूपन्देहीको आयोजनामा भएको कार्यक्रममा पत्रकारमहिला संग रूपन्देहीका स्थानीय तहमा रहेका उपप्रमुख र उपाध्यक्षको एक वर्षको अन्तरालमा भएका कामका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले एक वर्षको अन्तरालमा महिलाका लागि धेरै काम गरेको बताएकी थिइन ।आगामी दिनमा पत्रकार महिलाको अझ नजिक रहेर काम गर्ने प्रतिवद्धता पनि अर्यालले व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवी चौधरीले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा बाहिर रहेर पत्रकारले निष्पक्ष पत्रकारिता गर्न जरूरी रहेको बताइन्
त्यस्तै चौधरीले हरेक काममा प्रमुखकै मात्रै नाम अगाडी आउने तर उपप्रमुखको नाम आझेलमा पारीने भन्दै गुनासो गरिन् । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले परिवर्तन एकैपटक नहुने र यसका लागि सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् ।उनले विकास भनेको भौतिक संरचना र बाटोघाटो बनाउने मात्रै सोच रहेकोले अब मानसिक विकासमा बढी केन्द्रीत हुन जरूरी रहेको बताइन् ।
त्यस्तै देवदह नगरपालिका उपप्रमख विद्या लक्ष्मी गुरुङले स्थानीय तहको धेरै जिम्मेवारी रहेको बताइन् । उनले महिलाका दोहोरो तेहेरो भूमिका रहँदा महिलाहरूलाई बोझ थपिएको तर पनि महिला इमानदार र पारदर्शी भएर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने बताइन् ।

गैडहवा उपाध्यक्ष माधुरी जैसवालले आगामी दिनमा पत्रकार महिलाहरूलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेलले जनप्रतिनिधिहरू मिडियामा आउनबाट डराउन नहुने बताउँदै विशेषगरी उपप्रमुख र उपाध्यक्षहरू मिडियामैत्री हुन जरूरी रहेकोमा जोड दिए । साथै उनले अबको निर्वाचनमा उप प्रमुख महिलाहरु मेयरको रुपमा देख्न चाहेको र सोहि अनुसार काम गर्न आग्रह गरे ।
सञ्चारिका समूह प्रदेश अध्यक्ष अमृता अनमोलले पनि उपप्रमुख तथा उपाध्यक्षहरूले अब आउने दिनमा अध्यक्षको दावी गर्न सक्ने गरि अगाडि बढ्न जरुरी रहेको बताइन् । कार्यक्रममा सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतम , सल्लाहकारहरू रेखा भुसाल , इन्दिरा अर्याल , डब्लु डब्लु जे अध्यक्ष कल्पना तिवारी , महासचिव अस्मिना पाण्डे लगायतले बोलेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ