५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भूभागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

युवा संघ रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेत नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउदै नेपाली भुमीलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृती प्रति गम्भिर हुन आग्रह गरिएको छ। युवा संघ रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत ज्ञापन पत्र बुझाउदै भारतले आफ्नो संसद भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भएपनि प्रधानमन्त्रीको भारत भ्रमणमा उक्त बिषय नउठाईएको भन्दै आपत्ती जनाएको छ। युवा संघले बुझाएको ज्ञापन पत्रमा भारतले नेपालको भुभाग समेटेर बनाएको नक्सा सच्याउने पहल गर्न नेपाल सरकार संग माग गरिएको छ।

ज्ञापन पत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा “नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागको सट्टा पट्टा गर्न सकिने भनी दिएको अभिब्यक्ती गैर जिम्मेवारपुर्ण भएको उल्लेख छ। युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदेशी प्रभुलाई खुसी पार्न भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निस्कृय भैसकेको नागरिकता बिद्येयक प्रमाणिकरण गरिएको प्रति आपत्ती जनाएको छ।

यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीहरु माथै हदै सम्मको कार्वाही गर्न बिज्ञप्तीमा माग गरिएको छ। कार्यक्रममा युवा सघका केन्द्रीइ सदस्य कल्पना पाण्डे मगर ,प्रदेश कमिटि सदस्य कृष्ण मल्ल ठकुरी , जिल्ला उपाध्यक्ष दिपक खडकी ,सचिब दिपेस कडेल सह सचिब नबराज थापा ,कोषध्यक्ष नारायण थापा लगायत नगर कमिटि सदस्यहरुको सभभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ