६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । रूपन्देहीको तिलोत्तमा २ को शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालमैत्री घोषणा दिगोपना र हाम्रो दायित्व विषयक वत्तृत्वकला प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा शंकरनगर दुर्गादत्त मावि बाल समूहका हर्षिता घिमिरे प्रथम भएकी छन् ।

Advertisement

त्यस्तै जनजाग्रति बाल समूहक नवीन न्यौपाने दोस्रो र लालीगुराँस बाल सञ्जालका मनिषा घिमिरे तेस्रो भएकी छन् । प्रतियोगितामा तिलोत्तमा नगरपालिका वाड नम्बर २ मा रहेका १२ वटा बाल सञ्जाल समूहका १३ जना विद्यार्थीले प्रतिष्पर्धा गरेको विद्यालयले जनाएको छ । अविभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले कुनै पनि प्रतियोगिताबाट पुरस्कृत मात्रै नभई केही न केही सिकाइ हुने बताए । तिलोत्तमा नगरपालिका वाड नम्बर २ का सदस्य डोर बहादुर थापाले पढाइसँगै बोलीको पनि विकास गर्न जरूरी रहेकोमा जोड दिए ।

बालमैत्री सहजकर्ता रमा थापाले बालबालिकाको हक अधिकारका लागि कस्ता कार्यक्रम उचित हुन्छन् बालबालिकाले माग गर्नुपर्ने बताइन । शिक्षक अविभावक संघका अध्यक्ष पुष्करनाथ पन्थले विद्यार्थीले विद्यालयमा मात्रै नभएर घरमा पनि आफ्नो अधिकार , जिम्मेवारी र दायित्व बुझ्न जरूरी रहेको बताए । वडा बालमैत्री सञ्जाल अध्यक्ष अस्मिरा सुनारको स्वागत रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ कडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षकहरू कृष्ण पन्थी र गंगा पुरीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी