६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

परासी । पश्चिम वलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्। आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ। मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए।

हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी पाण्डेले बताए। हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए। माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्।

दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन्। हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा