६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ल्याएको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारी नेपाल रुपन्देहीले अस्वीकार गरेको छ । प्रेस चौतारी नेपाल रुपन्देहीको आइतबार बसेको सचिवालय बैठकले महासंघमा शुद्धिकरणको एजेण्डा उठाउने आफ्नो संगठन रहेको र महासंघले मापदण्ड बनाएर यसलाई अगाडि बढाएकोमा धन्यवाद दिंदै तर रुपन्देहीमा भने केन्द्रीय मापदण्ड विपरित शुद्धिकरणको प्रस्ताव ल्याइएको भन्दै अस्वीकार गरेको हो ।

महासंघ रुपन्देहीले ल्याएको प्रस्ताव एकपक्षीय, पूर्वाग्रही र गलत रहेको र केन्द्रीय मापदण्डलाई ठाडै कुल्चेर जिल्लामा शुद्धिकरण मापदण्डको नीति अपनाइएको भन्दै प्रेस चौतारी रुपन्देहीले यसका विरुद्ध चरणवद्ध आन्दोलन गर्ने निर्णय समेत गरेको छ । यसका लागि प्रेस चौतारीले महासंघको जिल्ला नेतृत्वलाई निर्णय सच्याउनका लागि ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने र सो अवधिभित्र केन्द्रीय मापदण्ड अनुरुप निर्णय नगरिए थप संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।

महासंघको जिल्ला नेतृत्वले शुद्धिकरणभित्र राखेका ७७ जना मध्ये केही पत्रकारितामा क्रियाशिल रहेको र उस्तै प्रकृतिका पेशामा रहेका सदस्यहरुमध्ये केहीलाई केहीलाई शुद्धिकरणभित्र पारिएको र केहीलाई जोगाउने प्रपन्च रचिएको भन्दै प्रेस चौतारीले त्यो किमार्थ स्वकार्य नहुने बताएको छ । महासंघलाई शुद्धिकरण गरिनुपर्छ भन्ने मान्यतामा प्रेस चौतारी दृढ र प्रतिवद्ध रहेको भन्दै बैठकले यसका लागि महासंघको शुद्धिकरण समितिले तयार गरेको मापदण्डलाई मात्रै आधार मान्नुपर्नेमा जोड दिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ