१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भैरहेका बेला लायन्स क्लब अफ बुटवल स्मार्टले शनिबार निशुल्क पीउने पानी वितरण गरेको छ । क्लबले बुटवल-६ हाटबजार लाइनमा दिनभर पीउने पानी वितरण गरेको अध्यक्ष जित बहादुर रानाले बताए ।

पछिल्लो केहीदिन यता अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै दैनिक ज्यालादारी गरेर खाने नागरिकहरु थप प्रभावित भएको क्लब रिजनल चियरपर्सन विनेशमान बर्जाचार्यले बताए । क्लबले सर्वसाधारलाई पीउने पानी वितरण गरेर हेर्दा सामान्य तर महत्वपूर्ण  समाज सेवामा सहभागी भएकोप्रति सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । शनिबार बुटवल बजार गर्न आएका सर्वसाधारण तथा पैदल यात्रीले सेवा लिएका थिए । 

क्लबका सदस्य प्रकाश खनालको सञ्चालनमा एक औपचारिक कार्यक्रमसहित सुरु गरिएको पानी वितरण कार्यक्रममा पशुपन्छी तथा चराचुङ्गीलाई समेत लक्षित गरि खुला ठाउने पीउने पानीको व्यवस्था गर्न सदस्यहरुले पतिवद्धता गरेका थिए । गर्मी तथा सुख्खायाममा मानवीय स्वभावमा ल्याएको सामान्य  परिवर्तनले धेरै जीवजन्तुको समेत जीवन रक्षा हुन सक्ने खनालले बताए । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता