२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले बुटवलको न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डर स्कूलले ‘न्यू होराइजन फेस्ट-२०८०’ गर्ने भएको छ । विद्यालयले यहीँ जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ गर्न लागेको हो । विद्यालयले शनिबार पत्रकार सम्मेलन गरी क्रिकेट, फूटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट गर्न लागेको जानकारी दिएको हो ।

Advertisement

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले गत वर्षदेखि एसईई दिएर बसेका विद्यार्थी सहभागिता हुने गरी होराइजन फेस्ट आयोजना गर्दै आएको बताए । प्राचार्य उपाध्यायले प्रतियोगितामा एसईई दिएर बसेका लुम्बिनी प्रदेशका जुनसुकै ठाउँबाट पनि विद्यार्थीले सहभागिता जनाउन सक्ने बताए ।

क्रिकेट प्रतियोगिता टि–१० हुनेछ । २३ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने क्रिकेटमा करिब २० टिमको सहभागिता रहनेछ । २७ र २८ गते फुटसल टुर्नामेन्ट हुनेछ । ३० गते हाजिरीजवाफ, ३१ र ३२ गते रोबटिक्स वर्कशप र असार १ गते म्यूजिकल टयालेन्ट हन्ट हुने खेल संयोजक मनोज सिलवालले जानकारी दिए ।  विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले प्रतियोगितामा २० हजार रुपैयाँसम्म पुरस्कारको व्यवस्था गरिएको बताए ।

एसईई दिएर निस्कृय रहेका विद्यार्थीहरूलाई सृजनात्मक सक्षमता उजागर गर्ने र विविध खेल विद्याका माध्यामबाट आपसी सदभाव अभिवृद्धि गर्न प्रतियोगिता गर्न लागिएको खनालले बताए । प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता निःशुल्क गरिएको छ । होराइजन देशकै प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा स्थापित छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै