५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

काठमाडौं। महिला टी–२०  क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ।

Advertisement

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो। 

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो । नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः  ७ विकेटले र २७ रनले विजयी भएको थियो । 

आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक–एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन ।

टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।

पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई-दुई खेलमा जीत हासिल गरेका  अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ।

जसका लागि बिजयकाे लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ