ताजा अपडेट »

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

बुधबार, १७ जेठ २०८०, १३ : ३५
6 Shares

विराटनगर । जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । 

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन् । उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।