५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

काठमाडौं। राप्रपानिक राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार रोक्न केन्द्रित गर्न आग्रह गरेको छ । 

Advertisement

हालै भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको विषयमा संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपालको अखण्डतामाथि भइरहने भारतीय प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहनुपर्ने बताएको हो । 

बुधबारबाट प्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणमा भारतीय त्रुटि सच्याउन लगाउनुपर्ने संगठनका संयोजक सुजिक केसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

‘एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि नै प्रहार भएको हुँदा हामी भारत सरकारको यस्तो कदमको घोर निन्दा एवं भर्त्सना गर्दछौँ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा यो विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै भारत सरकारले नेपालको राष्ट्रियतामाथिको प्रहारलाई तत्काल रोक्न र सच्चाउन नेपालस्थित भारतीय राजदूतावासमार्फत मागसमेत गर्दछौँ ।’ 

भारत सरकारले गल्तीहरू नसच्चाए देशको राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने संगठनले भनेको छ । 

प्रेस विज्ञप्ति

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तुदेखि विराटनगरसम्मको भूभाग समेटेकोप्रति यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । भारतले पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, लिपुलेक–लिम्पियाधुरा तथा कालापानी क्षेत्र कब्जा गर्ने, अनाधिकृतरुपमा नेपालको भूभागमा सडक बनाउने तथा सिमावर्ती क्षेत्रमा नेपालीको ज्यानै लिने समेतको कार्य गर्दै आएको छ । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र र अखण्ड राष्ट्रको स्वाभिमानमाथि नै प्रहार भएको हुँदा हामी भारत सरकारको यस्तो कदमको घोर निन्दा एवं भत्सर्ना गर्दछौँ ।

नेपाल सरकारले राष्ट्रिय सुरक्षाको विषयलाई प्राथमिकतामा नराख्दा आफूलाई विश्वकै ठूलो प्रजातन्त्र भन्ने भारतले पटकपटक हेपेको हामी राष्ट्रवादी युवाहरुको ठहर छ । यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस र नेपाल सरकारले आफ्नो भुगोल भारतीय नक्सामा समेटिएको विषयलाई शशक्त ढंगबाट प्रतिवाद गरोस्।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको अवसरमा यो विषय प्राथमिकताका साथ उठाई भारतलाई त्रुटिहरू सच्चाउन लगाइयोस् भनि हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ । साथै भारत सरकारले नेपालको राष्ट्रियतामाथिको प्रहारलाई तत्काल रोक्न र सच्चाउन नेपालस्थित भारतीय राजदूतावासमार्फत मागसमेत गर्दछौँ । यदि भारत सरकारले गल्तीहरू नसच्चाए हामी राष्ट्रवादी युवा हाम्रो राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा कठोर रुपमा आन्दोलन गर्ने मात्र होइन यस विषयलाई अन्तराष्ट्रियकरण गरी हाम्रा पूर्वजहरुले देखाएको वीरताको बाटोमा लम्कन दृढसंकल्पित भएको व्यहोरासमेत सम्बन्धितहरुमा सूचित गराउन चाहन्छौँ । जय राष्ट्र, जय युवा !
सुजित के.सी.
संयोजक
२०८०/०२/१७
 

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ