ताजा अपडेट »

नेपाल मलेसियासँग पराजित

सोमबार, १५ जेठ २०८०, १२ : ५१
33 Shares

काठमाडौं । मलेसियाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई पराजित गरेको छ ।मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । आइना हामिजाह हशिम १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।