६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली आईतबार जापान गएको छ ।

Advertisement

आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको टोलीले आम्दा अस्पतालको स्तरवृद्धि गरि ३ सय शैयामा पुर्याउने गरि समझदारी गर्नेछ । आम्दा ईन्टरन्याशनलका अध्यक्ष डा शिगेरू सुगानामीको निमन्त्रणामा जापान गएको टोलीले आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधालगायतका विषयमा छलफल गरी आपसी सहकार्यका बारेमा समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

पाण्डेय नेतृत्वको टोलीमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अस्पतालका साझेदार बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पूर्व अध्यक्ष जीवन वझा, आम्दा नेपालका पूर्व अध्यक्ष ऋषिकेश नारायण श्रेष्ठ, आम्दा अस्पतालका प्रमुख डा राजेन्द्र बस्याल रहएका छन् । टोलीले अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासलगायतका विषयमा छलफल गरेर आपसी समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा गत असोजमा बुटवलमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको र सोहीअनुसार अस्पताल स्तरोन्नतिका लागि समझदारी गर्ने प्रमुख पाण्डेयले बताए । २०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् ।

अस्पतालका अध्यक्षसमेत रहनुभएका पाण्डेयले अस्पताललाई ३०० बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने बताए । अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारीअनुसार आम्दा ईन्टरन्याशनलसँग समझदारी गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ