ताजा अपडेट »

बुटवलका ढुवानी व्यवसायी माधव नेपाल सम्पर्क बिहिन

शनिबार, १३ जेठ २०८०, ०९ : ०६
48 Shares

बुटवल । बुटवलका ढुवानी व्यवसायी माधव नेपाल सम्पर्क विहिन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । बुटवल उपमहानगरपालिका–४ ट्राफिकचोकका नेपाल हिजो शुक्रबार विहान ६ बजेदेखि सम्पर्कविहिन भएका हुन् ।

शुक्रबार विहान लु ८६ प १२४८ नम्बरको स्कुटर लिएर घरबाट निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजिका लागि आग्रह गरेको हो । उनले प्रयोग गर्ने मोबाईल भने घरमै छाडेका छन् । सम्पर्क बिहिन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजबिन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् ।

परिवारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।