७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

Advertisement

काठमाडौं । भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए । त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । 

उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको जवाफ र उक्त सांसदले माफी माग्नुपर्ने बताए । भ्रष्टाचारका सबै फाइल खोलेर कारबाही गर्नुपर्ने पक्षमा एमाले पनि रहेको बताउँदै उनले चालु अधिवेशनमा भ्रष्टाचारकै विषयमा छलफल गर्नुपर्ने बताए । 

तर, निराधार रुपमा आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोप प्रमाणित गर्न उनले चुनौती पनि दिए । सभामुख घिमिरेले पटक पटक बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाइरहेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन अवरोध गर्न नहुने भए पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि गम्भीर आरोप लगाएपछि बाध्य भएको बताए । 
 

प्रतिकृया दिनुहोस्

Flash News

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’