ताजा अपडेट »

नवनियुक्त वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

बुधबार, १० जेठ २०८०, ११ : ११
16 Shares
बुधबार, १० जेठ २०८०
16 Shares

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।