ताजा अपडेट »

बुटवलका ४९ उपलब्धी : पुरस्कार वितरण, सम्मान तथा छलफलदेखि योजना उद्घाटनको तयारीसम्म

मंगलबार, ०९ जेठ २०८०, १५ : ३०
26 Shares
मंगलबार, ०९ जेठ २०८०
26 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि १ वर्षमा गरेका कार्यप्रगति बारे मँगलबार सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भई आएका जनप्रतिनिधिले जेष्ठ १० गतेदेखि कार्यभार सम्हालेका थिए । कार्यभार सम्हालेको १ वर्ष पूरा भएको अवसरमा बुटवल उपमहानगरले ४९ वटा बुँदासहितको उपलब्धी सार्वजनिक गरेको हो ।

बुटवल उपमहानगरले सार्वजनिक गरेको उपलब्धिहरुमा पुरस्कार वितरण तथा सम्मान, विभिन्न योजनाहरु बारे छलफल, बजार तथा योजनाहरुको अनुगमन, सामाजिक सुरक्षा भत्ता वितरण, खोप कार्यक्रम तथा क्युआर कोड उपलब्ध गराउने लगायतका बुँदाहरु समेटिएका छन् । यसैरी केही योजनाहरुको शिलान्यास तथा उद्घाटन, योजना उद्घाटनको तयारी, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एक वर्षे कार्यकालको उपलब्धिका रुपमा समावेश गरिएको छ ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले आफू निर्वाचित भएपछि १ वर्षभित्रमा गरेका उपलब्धिहरुको भिडियो डकुमेन्ट्री नै तयार पारी मँगलबार सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेका एक वर्षे उपलब्धीको पहिलो बुँदामै बुटवल–१३ र १७ मा निर्माणाधिन १५/१५ बेडको अक्सिजनसहितको दुई अस्पतालको आगामी साउनदेखि सञ्चालनमा ल्याउनेगरी उद्घाटनको तयारी गरिएको कुरालाई उल्लेख गरेका छन् । यसैगरी दोस्रो बुँदामा बुटवलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पशु पधशाला सञ्चालनका लागि यसअघि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएको भन्दै पुनः टेन्डर गरिएको कुरालाई उपलब्धिमा समावेश गरेका छन् ।

यसैगरी उपलब्धीहरुको बुँदा नम्बर २५ मा थप ७ किलोमिटर सडक मर्मत र ४ किलोमिटर सडक मर्मतको प्रक्रियामा रहेको बताइएको छ । उपलब्धीको बुँदाहरुमा ठेला व्यवस्थापन, कृषि बजार केन्द्र स्थापनाका लागि अआइए अन्तिम चरणमा पुगेको, हरियाली बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको, विशेष सरसफाइ अभियान सञ्चालन, मोतीपुर औद्योगिक क्षेत्रमा ड्रोन उडाएर जग्गा नापेको, ई–रिक्सा व्यवस्थापन, बसोबासीलाई प्रमाणपत्र वितरणको प्रक्रिया अन्तिम अवस्थामा पुगेको, सडक पेटीका व्यवसायीलाई हाटबजारमा व्यवस्थापन, ज्योतिनगर पहिरो क्षेत्रमा भएका रोकथामका कार्यक्रम, नदी उकास क्षेत्रहरुमा तारजातीका कार्यक्रम लगायतका उपलब्धिहरु समावेश गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधि, विभिन्न समाजिक संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिीमा ए वर्षे उपलब्धी सार्वजनिक गरिएको थियो । सो अवसरमा स्वागत गर्दै उप प्रमुख सावित्रादेखि अर्यालले पहिलो प्राथमिकतामा रहेको बुटवलको राजमार्गचौराह–गोलपार्क सडक मर्मतका लागि आवश्यक सहजीकरणको काम गरिरहेको उल्लेख गरिन् । यसैगरी ज्योतिनगर पहिरोको समस्या समाधानका लागि पनि पहल भैरहेको उल्लेख गरिन् भने विभिन्न वडाहरुमा सञ्चालन गरिएका सीपमूलक तालिमहरुका बारेमा जानकारी गराइन् ।

बुटवल उपमहानगरले आर्थिक वर्ष २०७९/८० का लागि तय गरिएका ६७६ योजनामध्ये ४३५ योजना सम्पन्न भई भुक्तानीका लागि जाँचपास फरफारकको काम भइरहेको जनाइएको छ । एक वर्षको अवधिमा विभिन्न प्रकृतिका ७५ वटा खाद्यान्न विक्रीपसल, ३० वटा दुग्धजन्य व्यवसाय, ११ वटा मासु विक्री पसल, २६ वटा मिष्ठान्न भण्डार, २४ वटा होटल तथा स्पा सेन्टर, ६ वटा फलफूल तथा तरकारी थोक बिक्री पसल, १२ स्थानमा अनुदानको मल विक्री वितरण तथा ८२ वटा सहकारीको अनुगमनलाई पनि एक वर्षे उपलब्धीका रुपमा उल्लेख गरिएको छ ।

यस्ता छन् बुटवल उपमहानगरका १ वर्षे उपलब्धी तथा प्रयासहरु :

१. बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा निर्माणाधीन १५/१४ बेडका अक्सिजन सहितका दुई अस्पताल चालू आर्थिक वर्षभित्रे उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउनेछ । अस्पताल सञ्चालनपछि पश्चिम बुटवलबासी र आसपासका क्षेत्रका बासिन्दाले घरदैलोमै सहज र सुलभ उपचार सेवा पाउने छन् ।

२. आधुनिक पशु बधशाला निर्माण सम्पन्न भएको छ । आधुनिक पशु बधशाला सञ्चालनका लागि यसअधि अपनाइएको प्रक्रिया विधिसम्मत नदेखिएकाले पुनः टेण्डर आह्वान गरी छिटै सञ्चालन गर्ने गरी तयारी भएको छ । बधशाला सञ्चालनपछि बुटवलमा स्वच्छ र स्वस्थकर मासु उपलब्ध गराउनुका साथै देशका मुख्य शहरहरुमा समेत बिक्रीका लागि पठाउने योजना रहेको छ ।

३. बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको छ । अनुमति पश्चात् ठेलावाटे दैनिक जीवन निर्वाह गर्ने र स्वरोजगार हुने व्यक्तिहरुले न्यूनतम स्वास्थ्य र खाद्यान्नका मापदण्ड पूरा गरी ठेला सञ्चालन गर्न पाउनेछन् ।

४. बुटवल १५ सेमलारमा नेपालके आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए अन्तिम चरणमा पुगेको छ । कृषि बजार केन्द्र सञ्चालनमा आएपछि स्थानीयले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई बजारसम्म पुयाउन सहज हुनेछ र रोजगारी सिर्जनामा पनि बल पुग्ने छ ।

५ बुटवल उपमहानगरपालिका वडा नं. ७ र ८ मा रहेको धागो कारखानादेखि उत्तरतर्फको २५ विगाहा जग्गामा हरियाली वसपार्क निर्माणका प्रक्रिया अगाडि बढाइएको छ । स्तरीय बसपार्क निर्माण भएपछि हालको बसपार्क नगरस्तरीय बसपार्क हुनेछ भने बसपार्कभित्र बन्ने बहुत पार्कि भवनले बुटवलको पार्किङको समस्या समाधान हुनेछ । बहुतले पार्किङ भवनका लागि नगर विकास कोषसँग सम्झौता भई अध्ययन भईरहेको छ ।

६. नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६-३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ ।

७. मोतीपूर औद्योगिक क्षेत्रको जग्गा यकिन गरी व्यवस्थापन गर्न ड्रोन प्रविधिबाट जग्गा नापजाँच भईसकेको छ।

८. बुटवल उपमहानगरपालिकाबाट इजाजत प्राप्त नगरेका ई-रिक्सामा रोक लगाउँदै इजाजत प्राप्त भएका ई-रिक्सा नियमन तथा व्यवस्थापन गरिएको छ ।

९. लामो समयसम्म बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बसोबास गरेपनि बसोबासको कुनै प्रमाण नभएकाहरूलाई बसोबासको प्रमाण पत्र प्रदान गर्न सूचना जारी गरी प्रमाण पत्र वितरणको लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

१०. सडकपेटीमा लगाउदै आएका हरेक खालका व्यवसायलाई हाटबजारभित्र व्यवस्थापन गरिएको

११. बुटवल ३ र ४ का ज्योतिनगर- लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेवहरुमा पर्खाल, कल्भर्ट, जाती र वृक्षरोपण गरी सुरक्षित बनाउने कार्य भएको छ । ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गरिदै छ ।

१२. तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पुयाउनबाट रोक्नका मागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको

१३. सडक क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत, इन्टरनेट, केवलका तारहरुले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको छ ।

१४. वस्दा अस्पतालमा पारा मेडिकल र नर्सिङ विषयको प्रविणता प्रमाण पत्र तहको कक्षा सबालन फार्मेसी ल्याव र अध्ययन, बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन, बुटवल १५ मा कृषिविज्ञान (बी.एस.सी.ए.जी.) लेज स्थापनाका लागि आवश्यक पूर्वाधार र अनुमति प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ ।

१५. बुटबल ७ शिवनगर बनको क्षेत्रमा छाडा चौपाया व्यवस्थापनका लागि कार्यविधि तयार गरी व्यवस्थापन गर्ने पक्षसँग सहमति भएको छ ।

१६. बुटवलको कालिकापण, ट्राफिक चोक र अमरपथ क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन का लागि प्रक्रिया अगाडि बढाइएको छ ।

१७ चार प्रकारका जटिल रोगहरु मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका स्थान्सर रोगी र मेरुदण्ड पक्षघात भएका १ सय १० जना विरामीहरुलाई मासिक रु. ४ हजार, जटिलरोग अनुदान सहयोग कार्यक्रमअन्तरगत १ सय ४५ जनालाई प्रतिविरामी रु १७ हजार विरामीकै बैंकखातामा उपलब्ध गराइएको छ भने आठ प्रकारका जटिल रोगीमध्येका १ सय ४५ जनालाई संघीय सरकारमा र ४३ जनालाई प्रदेश सरकारमा सिफारिश गरिएको छ ।

१८ पत्धदेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । नगरवासीलाई निजी अस्पतालमा समेत उपचार गर्दा रगतवापत् कुनैपनि शुल्क नलिने व्यवस्था मिलाइएको छ ।

१९. रोजगारदाता र रोजगार व्यक्तिबीच समन्वयका काम गर्ने र श्रमसम्बन्धि सहजीकरणका लागि धम शाखा स्थापना गरी सहज रूपमा रोजगार प्राप्तिको लागि समन्वय गरिएको छ ।

२० गाईभैसी बाबा, बंगुर, कुखुरापालन तालिम, पशुवाद्वारा, घाँसको बीउविजन, महामारी रोग, भ्यागुतेर र खोरेतलगायतमा २५ हजार ३ सय ४८ से सेवा तथा लाभ लिएका छन् भने २५ जना व्यवसायिक कृषकलाई अनुदान दिइएको छ । २ सय ४९ वटा जनावरको पशुका लागि सिफारिश गरिएको छ । सामुदायिक मुस्याहा कुकुरहरुको संख्या नियन्त्रण गर्न ८२ वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ ।

२१. राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको ६ लेन सडक निर्माण कार्य छिटै सम्पन्न गर्न सहजीकरण र समन्वय गर्ने काम निरन्तर भइरहेको छ ।

२२. उज्यालो बुटवल अभियान अन्तरगत बुटबलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाईमास्ट लाईट जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको छ। नगरका मुख्य चोकहरूमा उपमहानगरपालिकाको १ करोड र नेपाल विद्युत प्राधिकरण समेतको लागत साझेदारी सहित रु १ करोड ५० लाख बराबरका १६ वटा हाइमास्ट लाइट जडान गर्ने तयारी भईरहेको छ । बुटवलको वस्तीमाथि रहेको विद्युत प्रशारण लाईन मस्तीक्षेत्रबाट हटाउन र बुटवलमा विद्युतीय तार भूमिगत बनाउनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

२३. पूर्वपश्चिम राजमार्गस्थित तिनाउ पुललाई विस्थापित गरी पर्यटकीय पार्कसहितको सिग्नेचर ब्रिज निर्माणका लागि विश्व बैंकसँग छलफल र वार्ता गरि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

२४ बुटवलको खानेपानी समस्या समाधानका लागि हिलपार्कमा खानेपानी ट्यांकी निर्माण गर्ने चिडियाखोला खानेपानीको निर्मलीकरण गर्ने गरी प्लान्ट स्थापना गर्नका लागि सर्भे गर्ने कार्य अधि छ र नेपाल खानेपानी संस्थान बुटवलले यसैवर्ष टेण्डर गर्ने गरी लिखित प्रतिबद्धता प्राप्त मह प्रक्रिया अगाडि बढेको छ । झुम्सा खानेपानी आयोजना यसै वर्ष सम्पन्न गराउने प्रयास जारी भइरहेको छ

२५ बुटवल ११ मा बीपी पुष्पलाल सूर्यप्रसाद प्रधान पार्क निर्माणको लागि डीपीआर तयार भई बाउण्ड्रीवाल निर्माणका लागि ठेक्का भैसकेको । वडा न ११, बुद्धनगर पुनदेखि झोलुंगे पुलसम्म वैकल्पिक सडकको नाली फुटपाथ सहित पक्की सडक निर्माण कार्यका लागि ठेक्का भई निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा न.१२ ट्रान्सपोर्ट भिलेज पहुँच मार्गहरुमा नाली सहित पिच निर्माण कार्यको ठेक्का भई निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नगरभित्रको प किलोमिटर सडक मर्मत गरिएको छ भने ४ किलोमिटर सडक मर्मत गर्ने प्रक्रियामा रहेको छ ।

२६. हालसम्म विपद् तथा साना पूर्वाधार बाहेकका ६ सय ७६ वटा योजनाहरुको सम्झौता भई कार्यान्वयन भईरहेको छ । हाल सम्म ४ सय ३५ योजनाहरु सम्पन्न भई जांचपास फरफारक भएका छन्।

२७. संघीय सरकारबाट प्राप्त हुने विशेष अनुदानका लागि नगरका पछाडि परेका ६ वटा विद्यालयको स्तरोन्नति र क्षमतावृद्धिका लागि १० करोड रुपैयाँको प्रस्ताव पेश गरिएको छ ।

२८. विद्यालय तथा क्याम्पसमा शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण, मर्मत तथा सम्भार कार्यका लागि सहकार्य गरिएको छ । ब्रिटिआई, बुटवल बहुमुखी क्याम्पस, नवरल मावि, नरैनापुर आधारभूत विद्यालय, तल्लो सिद्धबाबा गुरुकुल, जामिया गुलसन मदरसा, उजिरसिंह मावि, अटोभिलेज बुटबल, सिद्धार्थ गौतम, सुम्बिनीको भौतिक तथा पुनस्तरका लागि सहयोग गरिएको छ।

२९ विपन्न परिवारका विद्यार्थीहरूका लागि पोशाक खरिद गर्न खेलकुद सामग्री खरिद गर्न, विद्यालय भवन रंगरोगन गर्नका लागि विद्यालयहरुलाई आवश्यक रकम उपलब्ध गराइएको छ

३० कोभिङ १९ विरुद्ध घोष लगाएका नागरिकहरुलाई वैदेशिक प्रयोजनका लागि आवश्यक पर्ने क्यूआर कोड उपलब्ध गराउने काम सहज र सरल बनाइएको छ

३१. कृषि उत्पादनमा आधारित तरकारी, मसला, फलफुलबालीमा प्रोत्साहन अनुदान कार्यक्रमअन्तरगत ४० जना, मागमा आधारित प्रोत्साहन कार्यक्रमअन्तरगत ४७ जना, कौशी तथा करेशाबारी खेती प्रोत्साहन अन्तरगत १ हजार ९८ जना, ३ सय ४० जनालाई धान गहुँको बीउ वितरण गरिएको छ । मोतीपूर क्षेत्रमा मकैबाली पकेटक्षेत्र स्थापना गरी ३२ जना किसानलाई मकै उत्पादनमा सहभागी गराईएको छ ।

३२. घटना दर्ता शिविर, घरदैलोमै पुगेर ८ सय १७ जनालाई अपाङ्गता परिचय पत्र वितरण, स्वीलचेयर वितरण, सामाजिक सुरक्षा भत्ता वितरण प्रभावकारी बनाउन बैंक अनुगमनजस्ता कार्यलाई प्रभावकारी बनाइएको छ ।

३३. बुटवलभित्रका सरकारी कार्यालयहरुका बीचमा समन्वय र सहकार्यका लागि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टीमले नियमित रूपमा छलफल तथा बैठक बस्ने र सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ ।

३४ चालू आर्थिक वर्षका लागि सम्पत्ति र घरवहाल, इरिक्सा, हाटबजार बैठकी, महिला, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका व्यवसायका लागि लाग्ने व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ । साथै, राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माण कार्य समयमा सम्पन्न नहुँदा राजमार्गतर्फ पसल राखी व्यवसाय गर्न कठिनाई भोग्नुपरेका व्यवसायीहरुलाई व्यवसायमा लाग्ने कर छुट कार्यान्वयन गरिएको छ ।

३५. ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पत्ति कर असुली गर्दा सम्पत्ति मूल्यांकनमा लाग्ने घटाइएको कर छुट कार्यान्वयन गरिएको छ ।

३६. बुटवलका स्थायी बासिन्दाको लागि आमा र नवजात शिशुलाई पोषण खर्चवापत् रु २ हजार रुपैयाँ दिने प्रक्रिया अगाडि बढाइएको छ ।

३७. प्रशासनिक खर्च कटौती गर्दै प्रमुख, उपप्रमुखको सचिवालयको खर्च कटौती गरी मितव्ययिता अपनाइएको छ ।

३८. विभिन्न प्रकृतिका ७५ वटा खाधान्न बिक्री पसल, ३० वटा दुग्धजन्य व्यवसाय, ११ वटा मासु बिक्री पसल, २६ वटा मिष्ठान भण्डार, २४ वटा होटल तथा स्था सेन्टर, ६ वटा फलफूल तथा तरकारी थोक बिकी पसल १२ स्थानमा अनुदानको मल बिक्री वितरण, ८२ वटा सहकारी अनुगमन, हाटबजारहरुको अनुगमन, नदीजन्य पर्दाथको चोरी निकासी नियन्त्रणका लागि अनुगमन गर्दै कानुन विपरीतका कार्य गर्नेलाई कारवाही र जरिवाना गरिएको छ।

३९. मेयर युवा इलम र उपप्रमुख उद्यम विकास कार्यक्रमअन्तरगत जुत्ता बनाउने तालिम, विद्यार्थीहरुलाई सहकारी तालिम, फाइबर भोला बनाउने तालिम, बुटिक तालिम सिलाई कटाई तालिम, टपरी बनाउने तालिम, चाकलका सामग्री बनाउने तालिम, आलु चिप्स बनाउने तालिम, हलुका सवारी चालक र अटोमेकानिक्स तालिम दिदै आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्रोत्साहन गरिएको छ। जसका लागि ८१ जना भन्दा बढीलाई आवश्यक सिलाई मेसिन, आरन र अन्य उपकरणहरु उपलब्ध गराइएको छ ।

४०. न्यायिक समितिमा ७२ वटा उजुरी दर्ता भएकोमा ५८ वटा इजलास र ६२ वटा मेलमिलाप छलफल सत्र सञ्चालन गरी ४७ वटा उजुरी फछ्यौट गरिएको छ ।

४१. नयाँ बसपार्कमा फ्री वाईफाईको व्यवस्था, निशुल्क शौचालयको व्यवस्था गरिएको छ भने छिटै नै व्यवस्थित विश्रामस्थल, स्नानगृह र सुविधासम्पन्न क्यान्टिन सञ्चालनका लागि ठेक्का सम्झौता भएको छ ।

४२. बुटवल क्षेत्रभित्रका भूमिहिन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन गरी भूमि आयोगमा पठाइएको छ भने लालपूर्जाविहिन जग्गा यकिन गर्नका लागि डीजीपीएस सर्भेको काम सञ्चालन गरिएको छ ।

४३. वडा नम्बर १३ जवईमा उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक जग्गा प्राप्ति गर्ने र रंगशाला निर्माण गर्ने काम अगाडि बढाइएको छ ।

४४. बुटवलका मुख्य चोक, चौराहा, सडकपेटी र सार्वजनिक स्थलहरुमो अव्यवस्थित रुपमा व्यवसाय गर्ने, सडक क्षेत्रमा मदिरा बिक्री गर्ने, अव्यवस्थित पार्किङ गर्ने, नदीजन्य पदार्थको चोरीनिकासी गर्नेलाई कानुनी दायरामा ल्याई कारवाही र जरिवाना गराउन तथा असहाय, अलपत्र परेका बेसहाराहरुलाई उद्धार तथा उपचारका लागि अस्पताल पुन्याउनका लागि नगर प्रहरीलाई २४सै घण्टा सक्रिय बनाइएको छ ।

४५. यसक्षेत्रका नायन्स, जेसिज, रोटरी जस्ता क्लब, सामाजिक तथा स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप, मोतियाविन्दुको शल्यक्रिया तथा उपचार सेवालाई घरदैलोमा पुयाउने कार्य गरिएको छ । जसबाट २२ हजारभन्दा बढीले सेवा लिएका छन् ।

४६. वडास्तरबाट नालीनिर्माण, सड़क निर्माण, सडक मर्मत, पर्खाल निर्माण, नाली सरसफाई, खोला सरसफाई, वडाको सौन्दर्यीकरण, फुटपाथ व्यवस्थापन र वडाभित्र नियमित रुपमा अनुगमन गर्ने कार्य वडाअध्यक्षको नेतृत्वमा सञ्चालन गरिएको छ ।

४७. स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रहरुलाई समेट्दै विभिन्न सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

४८. रुपन्देही फुटबल संघ, लनटेनिस संघ, क्रिकेट क्लब, लाफा समूहलगायतका खेल क्षेत्रका संस्थाहरुसँगको सहकार्यमा तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता, मेयरकप लन टेनिस, मेयरकप क्रिकेट, मेयरकप तेक्वान्दो प्रतियोगिता, उजिरसिंह रनिङ शिल्ड क्रिकेट प्रतियोगिता, उपमेयर फुटसल प्रतियोगिता, उपमेयर भलिवल, उपमेयर क्रिकेट, मनमोहन स्मृति फुटबल प्रतियोगिता कराते प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, सयपत्री गोल्ड कप प्रतियोगिता लगायतका खेल प्रतियोगिता आयोजना गरी बेनाडी उत्पादन तथा प्रोत्साहन गरिएको छ । नेपाली किकेटमा योगदान पुयाउने राष्ट्रिय खेलाडी तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने बुटवलका खेलाडीहरुलाई सम्मान गरिएको छ । खुला व्यायामशाला निर्माण, व्याडमिन्टन कभर्ड हल निर्माण, खेलमैदानहरुको स्तरोन्नति गरिएको छ ।

४९. नगरसभाबाट पशु बधशाला सञ्चालन ऐन २०७९, बुटवल उपमहानगरपालिकाको जलश्रोत नीति २०७२ कार्यपालिका बैठकबाट एचआइभी एड्ससम्बन्धि कार्यक्रम व्यवस्थापनसम्बन्धि कार्यविधि २०७९, गृहणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९, गौशाला व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७९, जलश्रोत उपयोग सम्बन्धि कार्यविधि २०७९, ठेला व्यवसायलाई व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७० पारित गरिएको छ । यस्तै नगरप्रमुख स्वास्थ्य शिशु कार्यक्रम निर्देशिका २०७० बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ जारी गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।