६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

डान्सिङ्ग स्टारबाट पाण्डे टप–६ मा पुगेकी बुटवलकी ६ वर्षिया सोम्या पाण्डे

माघ १,

Advertisement

ग्लोबल आवाज

बुटवल । बुटवलकी ६ वर्षिया सोम्या पाण्डे ‘डेकर कपिलबस्तु डान्सिङ्ग स्टार’को उत्कृष्ट – ६ मा पुगेकी छिन् । छमछमी कला केन्द्रले आयोजना गरेको डान्सिङ्ग स्टारबाट पाण्डे टप- ६ मा पुगेकी हुन् । उनी बुटवलको न्यू होराइजन रुकूलमा कक्षा के.जी.मा अध्यनरत छिन् ।

प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै सोम्या उत्कृष्ट ६ सम्म पुगेकी हुन् । उनलाई थप अगाडि बढ्न र उपाधि जित्न दर्शकको भोट नै मुख्य आधार हुने भएकाले भोट गरिदिन उनका बुवा दिपक पाण्डे ‘लक्की’ले आग्रह गरेका छन् । पाण्डे स्वयम् पनि कलाकार हुन् । आफ्नै घरबाट नृत्य सिकेर अघि बढ्दै गरेकी उनलाई भोट दिएर जिताउन सबैसँग पाण्डेले आग्रह गरेका छन् । फाइनल राउण्डमा प्रवेश गर्नका लागि उनलाई आई.एम.ई पे डाउनलोड गरेर कोड नम्बर- १३ मा भोट गर्न सकिन्छ । यहीँ माघ ३ गते शुक्रबार राति १२ बजेसम्म मात्रै भोटिङ खुला रहनेछ ।

उनी टप–६ मा पुग्ने सबैभन्दा कम उमेरकी प्रतिष्पर्धी हुन् । प्रतियोगितामको उतकृष्ट ६ मा बुटवलकी पाण्डेसँगै कपिलवस्तुका सौगात लम्साल, पबि बिश्वकर्मा, मनिसा नगरकोटी, सिमा पाण्डे र मिसन घर्ती मगर रहेका छन् । टप- ६ को लागि माघ ३ गते डान्सिङ्ग स्टारको जजमेन्टमा नायिका पुजना प्रधान, मोडल हरि शरण रिजाल र मोडेल सुमन पौडेल रहनेछन् ।

प्रतियोगिताका विजेताले उपाधिसँगै नगद १ लाख पुरस्कार सहि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो र तेस्रो पुरस्कार क्रमशः ५० हजार र २५ हजार रहेको छ । साथै द्वितीय र तृतीय हुनेलाई पनि विभिन्न गिफ्ट ह्याम्पर र म्यूूजिक भिडियोमाअभिनय गर्ने अवसर पनि रहेको छ । प्रतियोगितामा प्रदेश ५ का सबै जिल्लाबाट गरी करिब ४ सय ५० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट