ताजा अपडेट »

भन्सार छलीको ७४ बोरा चामल बरामद

आइतबार, ३१ बैशाख २०८०, ११ : ११
6 Shares
आइतबार, ३१ बैशाख २०८०
6 Shares

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ ।

विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसल अगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरी बताए ।

नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।