१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । बुटवलमा हुने राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र पारिएको छ । पार्क सम्मेलन तयारीका विषयमा बिहीबार छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुन लागेको हो ।

Advertisement

उक्त पार्क सम्मेलनमा देशभरका करिव १ सय पार्कबाट १५० देखि १६० जनासम्म सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारीस्वरुप छलफल गरिएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए । धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भए पनि राज्यले कानूनी रुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तीनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहज रुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको संजाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डीआर घिमिरेले बताए ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानूनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेश गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मूल्य अभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।

देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको सदस्य सचिव सिलवालले जानकारी दिए । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर