१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ह्वाईट रोज एकेडमी बोर्डीङ्ग स्कुलले आफूलाई तिर्नुपर्ने ७० लाख रकम नतिरेको भन्दै बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का रोमलाल भुसालले गुनासो गरेका छन् । वि.स. २०७५ साल पुस महिनादेखि बैशाख महिनासम्ममा पटक–पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका थिए । उनले आफूलाई एकेडमीको शेयर सदस्य बनाउने भन्दै भवन निर्माणको लागि रकम लगेको तर हालसम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको बताएका छन् ।

Advertisement

भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ वर्षसम्म पनि नपाएको भन्दै आफू अन्यायमा परेको गुनासो गरेका हुन । ज्ञवालीले स्कुलको सेयर सदस्य बनाउन नखोजेको र पटक–पटक रकम दिने भनेर भाका सार्दै आएको गुनासो गरे । हाल ज्ञवाली एकाएक सम्पर्क बिहीन भएपछि आफू मिडीयामा आउन बाध्य भएको उनले बताए । एकेडमीमा हाल २ जना सञ्चालक रहेकोमा मुख्य सञ्चालक विनोद ज्ञवालील भने फरार रहेका छन् । उनीसँगै सञ्चालक रहेकी संगीता देवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छन् ।

समाचार स्रोतका अनुसार विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै बंैकले विद्यालय नै लिलामी निकाल्ने समेत तयारी गरिएको पाइएको छ । विद्यालयमा हाल २ सय बढी विद्यार्थी रहेका छन् । कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सञ्चालक समेत रहेकी संगीता देवी शर्माले आफ्नो विद्यालयले रोमलाल भुषालबाट कुल ७५ लाख रकम लिएको र त्यो बापत केही व्याज समेत दिएको बताईन । हाल ५१ लाख रुपैयाँ भुसाललाई दिन बाकी रहेको बताउँदै उनले विभिन्न समयमा करिब २२ लाख रकम ब्याजसहित फिर्ता गरेको उल्लेख गरिन् ।

उनले भनिन् ‘पैसा लिएको हो हामी २ जना पार्टनर भएको र एकजना सम्पर्क बिहीन भएकाले मेरो हिस्सामा रहेको आधा रकम मेरो जग्गाको फुकुवा हुँदा वित्तीकै बेचविखन गरी तिर्ने छु, बाँकी मेरो पार्टनर अहिले सम्पर्कमा हुनुहुन्न, म नै ठूलो समस्यामा रहेको छु ।’ उनले विद्यालयले लिएको रकम र नीज भुषाललाई प्रदान गरेको रकमको विवरण सबै आफूसँग सुरक्षित भएको भन्दै जग्गा बेच विखन गरेर वा अन्य विभिन्न स्रोतबाट रकम जम्मा गरेर उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाईन ।

पीडित भनिएका भुषालसँगै सञ्चालकद्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुई वटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै