१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक मँगलबार दिउसो साढे ३ बजेदेखि बन्द भएको छ । सोमबार तिनाउ–३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले सडक विभिन्न माग राख्दै सडक बन्द गराएका हुन् ।

Advertisement

प्रहरी चौकी दोभानका अनुसार दिउसोदेखि अवरुद्ध हुँदा उक्त सडक हुँदै गुड्ने सवारी तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । मृतकका आफन्तहरुले दुर्घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरीले तदारुकता नदेखाएको भन्दै विरोध जनाएका छन् । मँगलबार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक ३२ वर्षीय पन्तको मृत्यु भएको थियो । घटनापछि दुर्घटना संलग्न टिपरका धनी सम्पर्कमा नआएको भन्दै पीडितहरुले विरोध जनाएका हुन् । टिपर र चालक भने प्रहरी नियन्त्रणमै रहेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, दोषिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने लगायतका माग राखेर सडक अवरुद्ध गरिएको हो ।

प्रहरी चौकी दोभानले आन्दोलनरत पक्षसँग सहमति नजिक पुगिसकेको र दोषि पनि पक्राउ परिसकेका कारण छिट्टै सडक सूचारु हुने ग्लोबल आवाजलाई बताए । टिपर धनीले मँगलबार दिउसो २ बजे पीडित पक्षसँग भेट्ने र छलफल गर्ने आश्वासन दिए पनि सम्पर्कमा नआएपछि आन्दोलन गर्नु परेको पीडित पक्षका प्रतिनिधि मिल खड्काले जानकारी दिए । मृतकको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालमै पोष्टमार्टम नगरी राखिएको छ । सहमतिपछि मात्रै शव पोष्टमार्टम र अन्तिम दाहसंस्कार गर्ने पीडित पक्षेको अडान रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने