ताजा अपडेट »

विप्लव समूह पश्चिम दाङका सेक्रेटरी पक्राउ

सोमबार, २८ पुस २०७६, १० : ३०
8 Shares
सोमबार, २८ पुस २०७६
8 Shares


पुस २८,

दाङ । विप्लव समूहका दाङ जिल्ला कमिटी सदस्य ईश्वरी पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पाण्डेलाई सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ गहतेबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एउटा मोबाइल बरामद गरेको छ । पाण्डे विप्लव समूहको पश्चिम दाङका सेक्रेटरी समेत हुन् । उनलाई ईलाका प्रहरी कार्यलय तुलसीपुरमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।