Sep 23, 2023
पुस २७,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको सैनामैनामा सञ्चालित चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव अन्तर्गतको मम्मी डान्स प्रतियोगिताको उपाधि कल्पना (डुम्रे) ज्ञवालीले जितेकी छन् । १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी चेली कल्पनाले प्रथम हुदै उपाधि चुमेकी हुन् । उनले ताज, नगद २० हजार रुपैँया, प्रमाणपत्र र सम्मानपत्र जितेकी छन् ।
उनलाइ सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री, नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी, संघका सचिब हिमाल गैरे, डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय हुन सफल भइन् ।
उनीहरुलाइ क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण भण्डारीले गरेका थिए । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।
प्रतिकृया दिनुहोस्