ताजा अपडेट »

लुम्बिनी पीस ओपन हाफ् म्याराथन : देशभरका २ हजार ५ सय ५० जना सडकमा

विहीबार, २३ चैत्र २०७९, ०९ : ०८
52 Shares
विहीबार, २३ चैत्र २०७९
52 Shares

बुटवल । शान्ति र संवृद्धिका लागि खेलकूद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा  लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको  छ। अन्तराष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले  प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा देश भरका २ हजार  ५ सय ५० महिलापुरुष  खेलाडी  मैदानमा उत्रिएका छन्  । पूर्व  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओदीले लुम्बिनी शान्ती दीपमा बालेको दीप ओलम्पिक  कोच चन्द्र बहादुर  घले बिमला राना र मोहन  घलेलाइ दिएर  प्रतियोगिता  सुरु गरेका  हुन् ।  उनी एकेडेमीका  संरक्षक  पनि  हुन । मायादेवी  मन्दिर अगाडिबाट सुरु म्याराथनमा खेलाडीले  लुम्बिनी वरपर २ फन्को मारेर  २१ किलोमिटरको दूरी पूरा  गर्ने छन् ।

प्रतियोगितामा महिलापुरुष  दुबैलाई  छुट्टाछुट्टै पुरस्कृत  गरिने  छ । प्रतियोगितामा  प्रथम हुने पुरुष खेलाडीलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ । महिला  प्रथम  हुनेले १ लाख  ५१ हजार  नगद पाउने छन् ।

दुबै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसँगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।