ताजा अपडेट »

आज मौसम सफा रहने

शनिबार, २६ पुस २०७६, ०८ : ४०
14 Shares
शनिबार, २६ पुस २०७६
14 Shares

पुस २६,

ग्लोबल आवाज

बुटवल । मध्य र पूर्वी पहाडी बाहेकका ठाउँको मौसम शनिबार सफा हुने मौसमविद्ले बताएका छन् ।मध्य र पूर्वी पहाडी क्षेत्रको आकाश एकैछिन खुल्दै बादल लाग्दै गर्ने भए पनि अरु ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेकाले शनिबार पानी र हिउँ भने कतै पनि नपर्ने मौसमविद् समिर श्रेष्ठले बताए । विभिन्न ठाउँमा अहिले लागेको बाक्लो हुस्सु र कुहिरो बिस्तारै हटेर पारिलो घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए ।

यस्तो ३ आगामी दिनसम्मको मौसम

पौष २६ गते (शनिबार)
दिउँसो: मध्य र पूर्वी पहाडी भूभागमा आंशिका बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २७ गते (आईतबार)
दिउँसो; देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।
पौष २८ गते (सोमबार)
दिउँसो; देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातीः देशका पश्चिमी भूभागमा मा सामान्य बदली भई अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।