ताजा अपडेट »

कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ

आइतबार, १९ चैत्र २०७९, १४ : ४७
2 Shares

बुटवल । कपिलबस्तुमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो।

यस्तै मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित बाणंगगा नगरपालिका(८ बस्ने ३४ वर्षीय ओम बहादुर रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु।३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।