२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा चैत्र २२ गते देखि भैरहवामा मेयर कप क्रिकेट प्रतियोगिताको आयोजना हुदैछ ।

Advertisement

सिद्धार्थनगर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालका अनुसार टि ट्वाईन्टी फर्मेटमा खेलाईने उक्त प्रतियोगितामा नगरका १३ वटै वडाका टिमहरुले सहभागीता जनाउदै छन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुने प्रतियोगिताको प्रथम हुनेले नगद ५१ हजार रुपैया, दोश्रो हुनेले २५ हजार प्राप्त गर्ने पौडयालले बताए ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले ५/५ हजार तथा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याचलाई नगद १ हजार रुपैया प्रदान गरिने उनले बताए । यस बाहेक प्रतियोगिताको आकर्षणको रुपमा ह्याट्रिक विकेट र छक्का हान्ने खेलाडीलाई पनि १ हजार १ सय रुपैयाको दरले पुरस्कृत गरिने पौड्यालले बताए।

सुरु देखि नै मेयर कप हुदै आए पनि कोभिडको कारण केही बर्ष देखि प्रतियोगिता हुन सकिरहेको थिएन । सोही प्रतियोगितालाई निरन्तरता दिन तथा नगर स्तरमा क्रिकेटका खेलाडी उत्पादन गर्ने लक्ष्य सहित मेयर कप आयोजना गरिएको नगर प्रमुख ईस्तियाक अहमद खाँनले बताए ।

नगरपालिकाकी उप–मेयर उमा अधिकारीले आगामी दिनमा महिला खेलाडीहरुलाई प्रोत्साहित गर्ने गरि बिद्यालय स्तरिय उप–मेयर कपको पनि आयोजना गर्ने तयारी भईरहेको बताइन ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु