२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

भैरहवा । बिभिन्न ४ वटा कार्यविधि अनुमोदन गर्दै कोटहीमाई गाउँपालिकाको ११ औं गाउँपरिषद् बुधबार मझगावामा सम्पन्न भएको छ । पालिकाको गाउँसभाले उपभोक्ता समिति गठन, सञ्चालन सम्बन्धि कार्यविधि २०७९, मर्मत सम्भार सम्बन्धि कार्यविधि २०७९, आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ र सार्वजनिक लेखा समिति सम्बन्धि कार्यविधि २०७९ अनुमोदन गरेको छ ।

Advertisement

चालु आर्थिक बर्षमा कोटहीमाई गाउपालिकाले कुल जम्मा ४८ करोड ४ लाख ५० हजार को बजेट तथा कार्यक्रम स्विकृत भई कार्यान्वयनमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन श्रीवास्तवले बताए । जस अन्तर्गत शशर्त अनुदान संघ तर्फ १७ करोड ८ लाख, शशर्त अनुदान प्रदेश तर्फ ९५ लाख, विशेष अनुदान संघ तर्फ १ करोड, विशेष अनुदान प्रदेश तर्फ ६० लाख, समपुरक अनुदान संघ तर्फ १ करोड र समपुरक अनुदान प्रदेश तर्फ ५० लाख समावेश गरिएको उनले बताए ।

श्रीवास्तवले चालु आर्थिक बर्षमा जम्मा ५ सय ८४ वटा क्रियाकलापहरु मध्ये करिव ७५ प्रतिशत योजना तथा कार्यक्रमहरु सम्झौता भइ कार्यान्वयनमा रहेका जानकारी दिए । हाल सम्मको कार्यालयको वित्तिय प्रगति १७ करोड ४४ लाख (करिव ३५ प्रतिशत) रहेको र भौतिक प्रगति ६० प्रतिशत भन्दा माथि रहेको श्रीवास्तवको भनाई थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकिशुन त्रिपाठी कोटहीमाई गाउँपालिकामा शिक्षाको स्तर खस्किदै गएकोमा चिन्ता ब्यक्त गरे । उनले बिद्यमान कानून यसमा बाधा रहेको बताउदै यसको समाधानको लागि पालिकाले आफ्नै शिक्षा ऐन, नियमावली तथा कार्यविधि बनाएर अन्तरपालिकामा शिक्षकहरुको सरुवाको तयारी गरिरहेको बताए ।

मर्चवारमा जनताको धेरै अपेक्षा रहेको र निर्वाचित भएको एक बर्षमै यी सबै अपेक्षा पुरा गर्न नसकिने उनले जिकिर गरे । पालिकाका सबै निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा स्थानियहरुको सहयोगले मात्रै समुन्नत कोटहीमाईको बिकास सम्भव रहेको कारण सबैलाई साथ दिन उनले आग्रह गरे । स्वास्थ्यको दृष्टिले पछाडी रहेको मर्चवारमा यसै आर्थिक बर्षमा १५ शैयाको अस्पतालको टेण्डर आव्हान गर्ने प्रक्रियामा रहेको त्रिपाठीले जनाए ।

गाउँपालिका अध्यक्ष बालकिशुन त्रिपाठीको अध्यक्षता, जिल्ला समन्वय समितिका उप–प्रमुख राम कृपाल धवलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शुसिला कुमारी यादव, वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय कुमार सैनी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु