२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

पाल्पा । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ पालुङ मैनादीमा रहेको कान्ताश्रम पर्यटन प्रबर्द्धन समितिले चैते दशै मेलाको अवसरमा पुजा तथा सरायनाच मेला सम्पन्न भएको छ । कालिका मन्दिर परिसरमा पुजा आजा गरि बोका, रागो, भालेको बली र रोट चढाई दिउँसोपख सरायनाच खेलेर चैते दशै मनाईएको छ । कोभीड पछीको दोस्रो पुजा गरिएको यो मन्दिरमा अहिले भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ ।

कान्ताश्रम पर्यटन प्रबर्द्धन समितिका निमित्त अध्यक्ष जगदीश नेपालका अनुसार २०३९ सालमा योगीकुटीमा स्वामीको रुख ढलेर २०४४ सालमा आफैं स्वामीको रुख उठेको हुनाले उक्त रुखमा देवी शक्ति प्रकट भएकोले परम्परागत मान्यता अनुसार उक्त स्वामीको बोटमा कालिका देवीको मन्दिर स्थापना गरिएको बताए । त्यसपछि २०६८ सालदेखि नेपाल सरकार पर्यटन मन्त्रालयको १२ लाखको आर्थिक सहयोगमा स्वर्गीय डील्लीराज नेपाल र कविन्द्र नेपालको पहलकदमीमा तारबार, बाल, कम्पाउन्ड घेर्ने तथा मन्दिर संरचना तथा बगैंचा निर्माणको काम सम्पन्न भएको बताए ।

Advertisement

त्यस्तैगरि मन्दिर निर्माण समितिका उपाध्यक्ष वेन बहादुर पुनले मन्दिर स्थापना भएपछि स्थानीय बासिन्दाको आर्थिक सहयोगमा प्रतिव्यक्ति १ हजार रकम उठाई त्यसको व्याजबाट मन्दीरमा चैते दशैको बेलामा पुजा तथा सरायनाच आयोजना गरिएको बताए । उनले यो मन्दिरको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले मेलामा सके अनुसारको कार्यक्रम अझै विस्तृतरुपमा गर्न पछी परेको बताउदै यसको धार्मिक तथा पर्यटकीय विकासमा विभिन्न संघसंस्थाबाट सहयोगको आवश्यकता रहेको बताए ।

त्यस्तैगरि उक्त मन्दिर निर्माण समितिका सदस्य नारायण बहादुर कुवरले आफ्नो पहलमा निशुल्क रुपमा ४ महिना मन्दिरमा रेखदेख तथा सहयोग गरेको बताए । मन्दिर निर्माण समितिका सदस्य लिला कुवरका अनुसार ढलेको स्वामी सुकेर यसको अवशेष नास भएकोले उक्त ठाँउमा २०६० सालमा अर्को स्वामी रोपेर त्यस ठाँउमा पुजा गर्न थालियको बताइन ।

यो मन्दिर स्थापना हुनुको पौराणिक कारण २०३९ सालमा रातको १२ बजे आगोको राको बलेर यश ठाँउमा खसेको र त्यसको भोलिपल्ट स्वामी ढलेको स्थानीय बासिन्दाले प्रत्येक्षरुपमा देखेको हुँदा त्यस ठाँउमा भगवानको सत छ भन्ने जनबिस्वासका आधारमा मन्दिर खडा गरि पुजा गर्न लागिएको जनाईएको छ । यो मन्दिरमा दर्शन तथा पुजा गर्न आउने जोकोही श्रद्दालु भक्तजनहरुले भाकल गरेको कुरा पुग्ने भएकोले पाल्पा, रुपन्देही, गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका विभिन्न जिल्लाबाट दर्शन गर्न आउनेहरुको बाक्लो घुइँचो लाग्ने गर्दछ ।

यसको उचित व्यवस्थापन तथा संरक्षण गर्न स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारको सहयोग अपरिहार्य रहेको छ । यो मन्दिरको थप प्रचारप्रसार गर्न सकेमा आगामी दिन पश्चिम पाल्पाको धार्मिक तथा ऐतिहासिक क्षत्रको विकास हुने स्थानीय बासीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु