ताजा अपडेट »

महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

मंगलबार, १४ चैत्र २०७९, ११ : ०२
42 Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ ।बैंकले ४ लाख इकाई सर्वसाधारणका लागि र ६ लाख इकाई बैंक आफ्नै पहलमा गरि कुल प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘महालक्ष्मी डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।