२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । रुपन्देही कञ्चन गाँउपालिका वडा नं. मा १८ महापुराण पाठपारायण प्रवचन तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ । चैत ८ गतेदेखि सुरु भएको महापुराण पाठपारायण प्रवचन चैत १८ गतेसम्म चल्ने छ । व्यवसायी तथा महायज्ञका कर्ता रामकुमार रणपालले आफुहरुले सोचे भन्दा पनि धेरै भक्तजनहरुको सहभागिता रहेको र अगामी दिनमा अझै धेरै भक्तजनहरुको सहभागिता रहने विश्वास व्यक्त गरे ।

Advertisement

‘यो कंचन गाउँपालिकाको रामनगरको डाँडामा विश्वशान्तिको लागि र मानिसहरु धर्मकर्ममा पछिल्लो समय हराउँदै गए जस्तो भएको छ । यसकारण सबैलाई धर्मकर्म प्रति आकर्षित गर्न र यहाँबाट विश्वशान्तिको सन्देश दिनको लागि यो महापुराण गरेका हौँ ।’– उनले भने । साथै महापुराणमा आएर सबैलाई दर्शन गर्नका लागि आग्रह गर्दै आफ्नो पितृको नाममा १ रुपियाँदेखि १ लाखसम्म दान गर्न सकिने महायज्ञकर्ता रणपालले बताए । ‘ आजसम्म भक्तजनहरुको त राम्रो सहभागिता रहेको छ । अन्य दिनमा पनि अझ सहभागि हुनु हुने छ। यहाँ आएर तपाईहरुले आफ्ना पितृको नाममा १ रुपियाँदेखि १ लाखसम्म सहयोग गर्न सक्नु हुन्छ ।’– उनले भने । महापुराणमा रुपन्देही जिल्लाबाट मात्रै नभई रुपन्देही बाहिरका जिल्लाबाट पनि भक्तजन आएर आफ्ना पितृको नाममा दान गरेको उनले बताए ।

धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा भएको महायज्ञमा प्रमुख कथा बाचक ईश्वर रेग्मीले कथा वाचन गर्नेछन् । यसका साथै ३० भन्दा बढी पण्डितहरुले स्वस्ति वाचन गर्नेछन् । धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि आफुले महायज्ञ गर्न लागेको बताईन् । सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई छ । धर्म गर्ने संस्कारको विकास समेत महायज्ञबाट हुने उनले बताईन् ।

धर्ती माताबाट प्रभावित भएर अमेरिकाबाट नेपाल आएकी सीता थापाले धर्ती माताले सर्वत्र शान्तिको कामना गर्दै हिंडेको भन्दै सबैले धर्म र संस्कृतिलाई अनुसरण गर्नुपर्ने बताइन् । कार्यक्रममा बिहान १२ देखि साझ ५ बजे सम्म र ६ बजे देखि भजन कृतन हुने छ ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण मोरङमा स्कुटर चालकको निधन : ठक्कर दिने बसमा आगजनी, स्थिती तनावग्रस्त अबैध सामानसहित एक महिला पक्राउ यस बर्षको मिस वर्ल्ड भारतमा हुने