२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक समाजका उपाध्यक्ष रेशम भण्डारीले बताए ।

कार्यक्रममा समाजका अर्का उपाध्यक्ष मनोज गौतमले अहिले पनि रगत दिन धेरैले आनाकानी गर्ने गरेको बताउंदै रक्तदान जीवनदान हो भन्ने जागरण पैदा गर्नका लागि पनि समाजले रक्तदान कार्यक्रम गर्दै आएको बताए । समाजले यस अघि अप्ठ्यारामा परेकाहरुलाई सहयोग, विभिन्न आश्रममा खाद्यान्न सहयोग, सरसफाई, पारिवारिक मिलन जस्ता कार्यक्रम गर्दै आएको भन्दै उनले सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रम गरेको बताए ।

समाजका सह सचिव रामचन्द्र अर्याल (आर.सी)ले हरेक व्यक्ति १८ वर्ष पूरा भएपछि आफ्नो जन्मदिनमा हरेक वर्ष रक्तादान गरे बजारमा रगतको अभाव नहुने र धेरैको अकालमा मृत्यु हुनबाट बचाउन सकिने बताए ।गुल्मी जिल्लाको मालिका गाउंपालिका वडा नं. ६ अर्जैबाट विभिन्न पेशा व्यवसाय एवं स्थायी रुपमा बसोबास गर्नेहरु बीच आपसी भाईचाराको विकास गर्ने उद्देश्यले गठन भएको समाजले वार्षिक कार्योजना अनुसार विभिन्न कार्य गर्दै आएको छ । रक्तदान कार्यक्रमको सञ्चालन समाजका सचिव ओमप्रसाद अर्यालले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो अन्तरिक्षवाट ६ महिना पछि फर्के तीन चिनियाँ अन्तरिक्ष यात्री अफगानिस्तानका ८० छात्रालाई दिईयो बिषाक्त खाना, अस्पतालमा भर्ना