२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

काठमाडौं । साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अ‌ंकले बढेर ३५८ विन्दुमा पुगेको छ।

Advertisement

यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सोदिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

नेप्से सुचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोश्रो स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ। सोमबार १३ उपसुचकहरु मध्ये माईक्रोफाइनान्स बमहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जिवन बिमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ। 

आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियन हाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी अजोड जिन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।  
 

प्रतिकृया दिनुहोस्

Flash News

भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै