ताजा अपडेट »

भारतले गर्यो अहिलेसम्मकै ठूलो रकेट प्रक्षेपण

सोमबार, १३ चैत्र २०७९, ०८ : ४८
4 Shares

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम-३ प्रक्षेपण गरेको छ । बीबीसीका अनुसार आइतवार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आइतवार बिहान ९ बजेको समयमा आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट  ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो । यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।