२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट फाइदा लिन सक्ने अपेक्षा व्यक्त गरे । तिनाउ बासीको स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि संरचना निर्माण तथा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणको योजनामा रहेको बताउँदै उनले समय-समय मा निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ्यको पहुँचमा थप वृद्धि गरिने उल्लेख गरे ।

Advertisement

भौगोलिक विकटता, आर्थिक अभाव तथा जनचेताना अभावका कारण रोग पालेर घरमै बसेका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरीएको उनले बताए । तिनाउमा निर्माण गरिने १५ शैय्याको अस्पताललाई पूर्णता दिँदै तिनाउ पालिका भित्रै विशेषज्ञ सेवासहित स्वास्थ्य उपचार उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

तिनाउ गाउँपालिका र बुटवलको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा तिनाउका विभिन्न वडाबाट ५ सयबढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग तथा नाक कान घाँटी लगायत सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराइएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण कार्कीले जानकारी दिए । शिविरमा मेडिटेक हस्पिटलकोतर्फबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सन्तोष रुपाखेती, नाक कान घाँटी रोग विशेषज्ञ डा. प्रकाश बस्नेत, जनरल फिजिसियन डा. सम्भु खनाल, अर्थोपेडिक डा. गोपाल प्रसाद ज्ञवाली, सर्ज डा. भुवन पौडेल, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र पौडेल, अस्तालका मेडिकल अधिकृत डा. रोशन थापा तथा समाज डेन्टल क्लिनिकका दाँत रोग विशेषज्ञ डा. अमिर खानले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा निःशुल्क ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट तथा औषधी वितरण गरिको जनस्वास्थ्य निरीक्षक कार्कीले जानकारी दिए । शिविर उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै तिनाउ गाउँपालिका उपाध्यक्ष लाला बहादुर थापाले मानव जीवनका लागि नभई नहुने स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउन थप सर्वसुलभ हुन जरुरी रहेको उल्लेख गरे । सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि नगरपालिकाले आफ्नो क्षमता र प्राप्त स्रोत साधानको प्रयोग गरी योजना अघि बढाएको उल्लेख गरे । कार्यक्रमको अवसमा बोल्दै प्राविधिक सेवा उपलब्ध गराएको मेडिटके अस्पतालका प्रवन्ध निर्देशक गणेश प्रसाद ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले सहयोग प्रदान गरेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन