२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

गुल्मी । बिश्व हिन्दु महासंघ गुल्मीको आठौं अधिवेशनले पुनः सुरेशचन्द्र भुसाललाई अध्यक्षमा निर्वाचित गरेको छ । शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनले भुसाललाई सर्वसम्मत नेतृत्वको जिम्मेवारी सुम्पिदै ३८ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

Advertisement

उपाध्यक्षमा अर्जुन अर्याले सहित चार जना रहेका छन । बाँकी तीन जनाउपाध्यक्षहरु निर्वाचितहरुले पछि मनोनयन गर्ने गरी खाली राखिएको छ । सचिवमा मुकुन्दहरि गौतमलाई सर्वसम्म्त चयन गरिएको छ । सह–सचिव पनि रिक्त राख्दै देवराज पाण्डेलाई चयन गरिएको छ । अधिवेशनले पालिका स्तरिय संरचना पनि छिटै चयन गरी अगाडी बढ्ने निर्णय गरेको छ ।

अधिवेशनको प्रमुख अतिथी प्रदेश सांसद डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । सम्वोधन गर्दै उनले धर्म र सुसंस्कृति समाज निर्माणमा बिश्व हिन्दु महासंघले खेलेको भुमिका प्रति सह्रना गरेका थिए । प्रथम बैठले रेसुङ्गा नगरपालिकाका पुर्व मेयर समेत रहेका सांसद भुसालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने निर्णय गर्दै सम्मान ब्यक्त गरेको छ ।

गुल्मीको हकमा स्थापना काल २०६० देखि लगातार बिश्व हिन्दु महासंघको नेतृत्व गरेका भुसालले बिशेष गरी दलित र ग्रैहदलित बिच हुँदै आएको विभेद र छुवाछुत प्रथाको समुल नष्ट गर्न खुलेर लागेका छन ।
उनले केहि दिन अघिको कार्यक्रमा राजनैतिक दलहरुलाई समेत चुनौती दिदै दलित माथी हुने गरेको विभेद विरुद्ध लाग्न छाडेर के हेरेर बसेको भन्ने प्रति प्रश्न गरेका थिए । उनले हिन्दु धर्ममा कहाँ लेखेको छ दलित माथी विभेद गर्नु पर्छ भनेर ? भन्दै छाती खेलेर विभेद अन्त्यको अभियान छेड्दै आएका छन ।

उनै हुन देशभरलाई सन्देश दिदै र उत्प्रेरण छेड्दै केहि बर्ष अघि बिशाल कार्यक्रम राखेर जनैपुर्णिमाको दिन ब्राम्हणहरुद्धरा दलितहरुलाई डोरो बाध्ने कार्यक्रमको आयोजना गर्ने । नेपाली कांग्रेस गुल्मीका पुर्व सभापति रहेका भुसाल पछ्रिल्लो चरण राजनीतिमा निस्कृय जस्तै बनेर साझा भावनाले सुसंस्कृति समाज रुपान्तरणमा लागेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर