२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । रुपन्देहीका निर्माण व्यवसायी विशेश्वरप्रसाद बस्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस्यालले सिद्धार्थनगर नगरपालिकाका कर्मचारीलाई अपशब्द बोल्ने तथा अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले ग्लोबल आवाजलाई बताए ।

Advertisement

नगरपालिकाले पत्राचार गरी अरोपित बस्यालले अभद्र व्यवहार गरेको भन्दै नियन्त्रणमा लिन माग गरेपछि घटना अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अर्यालले बताए । निर्माण व्यवसायी बस्यालले सिद्धार्थ नगरका प्राविधिक शाखाका सव इन्जिनियर पदमा कार्यरत कर्मचारी अधिश ढकालमाथि अभद्र व्यवहार गरेको आरोप छ । घटना बारे थप अनुसन्धान गरी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

सिद्धार्थनगर–४ मा रहेको सुजाता भूमिचेतन विहारको बाउन्ड्री वाल निर्माणको ठेक्का पाएका बस्याल र निरीक्षणमा रहेका प्राविधिक ढकाल बीच हिजो चैत्र ८ गते बुधबार निर्माण स्थलमै भनाभन भएको थियो । १० लाख बराबरको उक्त बाउन्ड्री वालमा क्यान्टिटी नपुगेपछि उक्त काम पूरा गर्न प्राविधिक ढकालले यसअघिनै निर्देशन दिएका थिए ।

नगरपालिकाका सूचना अधिकारी देवप्रसाद ज्ञवालीका अनुसार ढकालले काम पूरा गर्न दिएको निर्देशनपछि बुधबार पुन अनुगमनमा गएको समयमा निर्माण व्यवसायी बस्यालले अभद्र व्यवहार गरेका थिए । आफूमाथि अभद्र व्यवहार हुनुका साथै ज्यानको समेत जोखिम रहेको बताउँदै सव इन्जिनियर ढकालले नगरपालिकामा निवेदन पेश गरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग सहयोग मागेको सूचना अधिकारी ज्ञवालीले बताए । निर्माण व्यवसायी बस्याल भैरहवा भीम अस्पताल विकास समितिका पूर्व अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता