१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन अविलम्ब कार्यान्वयनमा ल्याउन उद्योगी व्यवसायीहरुले माग गरेका छन् । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको बस्तुगत समिति बैठकमा उद्योगी व्यवसायीहरुले मन्त्रीपरिषदमा रोकिएको उधारो कानुन संसदबाट पारित गराएर कार्यान्वयनमा ल्याउन माग गरेका हुन् ।

Advertisement

उक्त कानुनको अभावमा विदेशबाट कच्चा पदार्थ आयात गरि वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रतीतपत्र खोल्नेदेखि सिपिङ, ट्रान्जिट हुदैँ उद्योगसम्म कच्चापदार्थ आइपुग्न चार महिनासम्म लाग्ने र वस्तु उत्पादन गरि बजारमा जादाँ धेरै जसो उधोरोमा जाने भएकाले उधारो उठाउने सम्बन्धी ऐन अविलम्ब ल्याउनुपर्ने उनीहरुले माग गरेका हुन् । त्यससंगै उनीहरुले दर्ता नगरि व्यवसाय सञ्चालन भईरहँदा दर्ता भएका व्यवसायलाई समस्या, अन्डर विलिङ, स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दा विभिन्न प्रकारका कर, दोहोरो तेहोरो कर प्रणाली, चर्को बैंक व्याज लगायतका कारण उद्योगी व्यवसायी मारमा परेको बताएका थिए ।

कार्यक्रममा बोल्दै संघका उद्योग उपाध्यक्ष सुरज पंगेनीले उद्योगी व्यवसायीका समस्याको पहिचान गरेर समाधानको लागि साझा पहल गर्नको लागि कार्यक्रम गरिएको बताउनु भयो । संघमा गठन गरिएका २३ वटै बस्तुगत समितिबाट समस्याहरु संकलन गर्ने र संघबाट हुने समस्या समाधानको लागि संघले पहल गर्ने र प्रदेश तथा केन्द्रबाट हुने समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समिति र महासंघ मार्फत समाधानको पहल गर्ने उनले बताए ।

संघका महासचिव राजकुमार पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा एशोसियट सदस्य किशोर पंगेनी, कार्यसमिति सदस्य रुसतम कंडेल, अमनमान श्रेष्ठ तथा बस्तुगत समितिका संयोजक तथा सदस्यहरुले आफ्ना आफ्ना व्यवसायिक समस्या उठान गरेका थिए । शनिबार प्लाष्टिक, होटल तथा रेष्टुरेन्ट, औषधी उद्योग, स्टिल तथा आलमुनियम तथा व्यूटीपार्लर बस्तुगत समितिसंग समस्याहरु र ती समस्याको समाधानको उपायको बारेमा छलफल गरिएको महासचिव पाण्डेले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै