१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ पहिलो रोजाइ बन्न सफल हाईलाईफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाईलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ । जसमा हाईलाईफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटप देखि हात खाली नजाने उपहार जित्न सकिने संचालक पंकज ज्ञवालीले बताए ।

Advertisement

संचालक ज्ञवालीका अनुसार हाईलाईफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरुप २ जना ग्राहकले १५० सिसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन् । दोस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले होण्डा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन् । साथै चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ लिटरको सामसुङ ब्राण्डको फ्रिज र पाँचौ उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाईलाईफको सामनहरु प्राप्त गर्ने सक्ने संचालक
ज्ञवालीले बताए ।

योजना अन्तर्गत हाईलाईफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा (एक केजीमा ३ वटा लक्की ड्र कुपन पाउनेछन् । साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद रु ५०० प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ फागुन १५ गतेदेखि २०८० असार १५ गतेसम्म लागू हुनेछ । योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाईलाईफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ । यो योजना तोकिएको मितिपछि लागू हुने छैन । लक्की ड्रको नतिजा २०८० साउन २० गते शनिबार हाईलाईफ फुड्सको आधिकारिक फेसबुक पेज @hilifefoodsnepal मा प्रत्यक्ष रुपमा खोलिनुका साथै विजेताको नाम घोषणा गरिने उनले बताए ।

हाईलाईफ ब्राण्ड अन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्ता माझ लोकप्रिय छन् । साथै हाईलाइफ़ चीजबल्स तथा बिभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाडै बजारमा आउदैछ ।

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित