ताजा अपडेट »

उम्मेदवारी दर्ता गर्न संसद भवन पुगिन् अष्टलक्ष्मी

शनिबार, २७ फागुन २०७९, १२ : ५१
25 Shares
शनिबार, २७ फागुन २०७९
25 Shares

काठमाण्डौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न वानेश्वर पुगेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय वानेश्वर पुगेकी हुन् ।

उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल, गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । एमाले सचिवायल बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।