७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । नेकपा एमालेकाे पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत मिसन ग्रासरूट अभियान रूपन्देहीको तिलाेत्तमा नगरपालिकामा जारी छ । साे अभियान अन्तर्गत बुधबार तिलाेत्तमा १ नम्बर वाड कमिटीकाे आयाेजनामा नम्बर १ मा सम्पन्न भएकाे छ ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य बिमला पन्थीले याे अभियानले सबैकाे मूल्यांकन हुने बताइन् । याे अभियान भनेकाे विशेषगरी पार्टी विस्तार र सुदृढीकरणकाे अभियान भएकाेले हाम्रा राम्रा कामकाे प्रचारप्रसार गर्नुपर्ने बताइन् । उनले पार्टीमा अनुशासनकाे कमी भएको बताउँदै अनुशासित पार्टी बनाउन आवश्यक रहेकाे बताइन् । उनले परिवर्तन आफूबाटै सुरू गर्नुपर्ने भन्दै हामी पछिका पीढीँलाई हामीले जागरुक बनाउनु जरूरी रहेकाे बताइन् ।

जिल्ला कमिटी सचिव यज्ञ गैह्रेले अधिकार खाेज्ने तर कर्तव्य बिर्सिने बानीले पार्टी कमजोर हुँदै गइरहेको बताए । पछिल्लो समय सबैजना व्यक्तिगत स्वार्थमा केन्द्रीत भएकाे बताउँदै अब हामी सुध्रिन जरूरी रहेकाे बताए । जिल्ला कमिटी सदस्य नारायण भट्टराईले एकताकाे साथ काममा लाग्नु पर्ने बताए । जिल्ला कमिटी सल्लाहकार उमानाथ कडेलले पार्टी के हाे , हामीले गर्नुपर्ने दायित्व कस्ताे हाे त्याे बुझ्न जरूरी रहेकाे बताए ।

सहभागीहरूले युवालाई समय समयमा स्मरण गर्नुपर्ने बताए । सहभागीहरूले आवश्यकताका आधारका मात्र नभई हरेक समयमा पार्टीले युवालाई सम्झिनु पर्ने बताएका छन् । उनीहरूले समय समयमा युवालाई प्रशिक्षण दिनुपर्ने बताएका हुन् । आवश्यकता पर्दा मात्रै तल्लाे तहका कार्यकर्तालाई सम्झिने अन्य समयमा बेवास्ता गर्ने परिपाटीले पार्टीमा अपनत्व हराउँदै गएकाे बताएका छन् । त्यसैले वैचारिक रूपमा प्रशिक्षित गर्नुपर्ने बताएका हुन् ।

वडा कमिटी अध्यक्ष गाेविन्द अर्यालकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन वडा कमिटी सचिव सुनिल पाण्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल