१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

खजुरा । बाँकेको खजुरालाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरमा श्रीमदभागवत ज्ञान महायज्ञ तथा संगीतमय कथा प्रवचन सुरु भएको छ । वडा नम्बर ३ मा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा फागुन ३० गतेसम्म संचालन हुने महायज्ञको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विकले उदघाटन गरे ।

Advertisement

उद्घाटन कार्यक्रममा बोल्दै गााँउपालिकाका अध्यक्ष विकले आध्यात्मलाई सामाजिक रुपान्तरण गर्ने गरि गरिएको महायज्ञको विशेष अर्थ राख्ने बताए । उनले खजुरालाई धार्मिक पर्यटकीय स्थलका रुपमा स्थापित गर्न महायज्ञ सार्थक बन्ने विश्वास व्यक्त गरे । महायज्ञबाट निर्माण गर्ने भनिएको विशाल मुर्तिमा पालिकाको सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गरे । उनले लक्ष्मीनागरायण मन्दिरको प्राङ्गणबाट खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालदेखि खजुरा खानेपानी तथा सरसफाई आयोजना एवम् ज्ञानोदय मावि विद्यालयको परिकल्पना गरिएको बताउँदै लक्ष्मीनारायाण मन्दिरसँग खजुराबासीको विश्वास जोडिएको उल्लेख गरे ।

खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा क्षेत्रमा खजुरावासीको योगदान उच्च रहेको बताउँदै खजुरावासीलाई धन्यवाद व्यक्त गरिन । उनले महायज्ञलाई सफलतापूर्वक सम्पन्न गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताइन् । महायज्ञ आयोजक मूल समिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्ने बताए ।

महायज्ञबाट उठेको रकमबाट लक्ष्मीनारायण मन्दिर परिसरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायाणको मुर्ती स्थापना गरिने श्रेष्ठले बताए । निर्माणपश्चात खजुरा आसपासका क्षेत्रबाट विद्युतीय चक्र र लक्ष्मीनारायणको मुर्ती देख्न सकिने उनले बताए ।

श्रेष्ठका अनुसार संरचना स्थपाना गर्न करिब ४ करोड रकम लाग्ने छ भने निर्माण ३ वर्षदेखि ५ वर्षसम्म सम्पन्न हुनेछ । साथै लक्ष्मीनारायणको दर्शन गर्नका लागि माथि चड्न संरचनाभित्र सिडी र लिफ्ट निर्माण गरिने उनले बताए । कार्यक्रममा महायज्ञका प्रमुख सल्लाहकार शरण कर्माचार्यले खजुरा र लक्ष्मीनारायण मन्दिरको इतिहास बताउँदै यस स्थानमा बस्ती बस्नुभन्दा पहिला पनि मानिसको बसाइँ रहेको प्रमाणहरु भेटिएको बताए ।

उनले लक्ष्मीनारायण मन्दिरको प्रागंणमा बसेर संकल्प गरेर हरेक कामहरु सफल भएको बताउँदै खजुरामा मानिसहरुको बस्तीभन्दा पहिलाका धेरै धार्मिक क्षेत्रहरु भएकाले खजुरालाई धार्मिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए ।

क्यान्सर अस्पतालका संकल्पकर्ता सन्त श्री दीनदयाल महाराजले खजुराबासीले आयोजना गर्ने हरेक कार्यक्रम सकारात्मक हुने बताए । उनले क्यान्सर अस्पतालले इतिहास रचेको उल्लेख गर्दै अहिले पनि खजुराबासीको संकल्प पुरा हुने बताए ।

बुधबार महायज्ञ उद्घाटनपूर्व पंचेबाजासहित भजनकृतन गर्दै १ सय ८ कलशसहित लक्ष्मीनारायण मन्दिरबाट कलश यात्रा सुरु गरिएको थियो । कलश यात्रा खजुरा बजार हुँदै एक नम्बर बजार, धनौली चौकी पुगेर पुनः मन्दिरमा फर्किएको थियो । यात्रामा ५ सय बढी खजुरावासीको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा