ताजा अपडेट »

केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीप सुरु (फोटो फिचर)

विहीबार, ११ फागुन २०७९, १७ : ४९
14 Shares

काठमाडौं, ११ फागुन । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारबाट केपी ओली राष्ट्रिय फुटबल च्याम्पियनसीपसुरु भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार च्याम्पियनसीको उद्घाटन गरेका छन् । 

प्रतियोगिताको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने र फाइनल खेल दशरथ रंगशालामा हुने युवा संघले जनाएको छ । 

१७ फागुनसम्म चल्ने प्रतियोगितामा ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । 
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।