ताजा अपडेट »

मणिमुकुन्द रनिङशिल्ड भलिबल कप : पर्वत तेस्रो, गुल्मी सान्त्वनामै सीमित

शनिबार, २८ माघ २०७९, १४ : २५
26 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४–२६ मा गुमाए पनि त्यसपछिका ३ वटा सेटमा लगातार जित दर्ता गरेको हो । उसले २५–१६, २५–१८ र २५–२१ को अंकसहित जित निकालेको हो । प्रतियोगितामा पर्वतका सन्तोष श्रेष्ठ म्याद अफ दि म्याच घोषित भएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी पराजित भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्तबुझाउनु परेको छ ।

यसैगरी उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुदै छ ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।