ताजा अपडेट »

कांग्रेस संसदीय दलको बैठक अनिश्चित

बुधबार, २५ माघ २०७९, १६ : ५२
44 Shares

काठमाडौं ।  नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ ।समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यबिभाजन, राष्ट्रति निर्वाचनलगायतको बिषयमा बोलाईएको बैठक अन्तिममा स्थगित गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ ।कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन । 

जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्बिरोध हुन पुगेकी थिइन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।